०३ असार २०८३, बुधबार

स्थानीय तहलाई मुख्यमन्त्री पाेखरेलकाे निर्देशन: राहत वितरणभन्दा श्रममुखी रोजगारलाई प्राथमिकता दिनु

स्थानीय तहलाई मुख्यमन्त्री पाेखरेलकाे निर्देशन: राहत वितरणभन्दा श्रममुखी रोजगारलाई प्राथमिकता दिनु

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काेराेना भाइरसका कारण सिर्जित परिस्थितिका कारण समस्यामा परेकालाई राहत वितरणभन्दा श्रममुखी रोजगार दिन स्थानीय तहलाई निर्देशन दिएका छन्। उनले राहत वितरणले समस्या ल्याउने भन्दै अब राहत दिनुपर्नेलाई काम र पैसा दिएर अघि बढ्नुपर्ने बताए।

काेराेनाविरुद्ध भइरहेका काम, योजना र प्राथमिकताबारे शनिबार नवलपरासीमा भएको स्थानीय तहका प्रमुख, सुरक्षा र स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा उनले स्थानीय तह, राजनीतिक दल, सुरक्षा र प्रशासन कार्यालयबीचको समन्वय र सहकार्यबाट मात्रै काेराेनालाई जित्न सकिने बताए। प्रदेश ५ मा १ सय ९ स्थानीय तह छन्।

उनले जिल्लामा चाँडै  २ सय बेडको आइसोलेसन केन्द्र बनाउन र पर्याप्त  क्वारेन्टाइन बनाउन ध्यान केन्द्रित गर्न आग्रह गरे। मुख्यमन्त्री पाेखरेलले क्वारेन्टाइन घर, वडा, पालिका, र जिल्ला तहमा बनाउन निर्देशन दिँदै क्वारेन्टाइनको खर्च तत्काल व्यवस्थापन गर्न र पछि केन्द्रको काेराेना कोषले दिने बताए।

उनले आइसोलेसनमा बस्नेको खाना र उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने जानकारी दिए। त्यसअघि स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीले अहिले भइरहेका काम र समस्याका बारेमा जानकारी गराएका थिए।

salt training

कमेन्ट गर्नुहोस्