३० असार २०८३, मंगलबार

एकैदिन ११ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ सय ८१ पुग्याे

एकैदिन ११ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ सय ८१ पुग्याे
प्रतिकार्यात्मक तस्वीर।

शनिबार साँझ थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ दिएकाे जानकारी अनुसार धुनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा भएकाे स्वाब परीक्षणमा उनीहरुकाे नतिजा पाेजेटिभ आएकाे हाे।

शनिबार मात्र ११ जना नयाँ संक्रमित फेला परेका हुन्। यसअघि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक भएको थियो।

यससँगै नेपालमा संक्रमितको संख्या २ सय ८१ पुगेको छ। 

salt training

कमेन्ट गर्नुहोस्