२९ जेठ २०८३, शुक्रबार

क्यानडामा कोरोनाको खोप मानिसमाथि परीक्षण गर्न दिने अनुमति

जेठ ४, २०७७
क्यानडामा कोरोनाको खोप मानिसमाथि परीक्षण गर्न दिने अनुमति

क्यानडाको स्वास्थ्य नियमन संस्था हेल्थ क्यानडाले कोभिड–१९ को सम्भावित खोप मानिसमाथि परीक्षणको अनुमति दिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् । 

डलहौजी विश्वविद्यालयको क्यानेडियन सेन्टर फर भ्याक्सिनोलोजीमा यो परीक्षण गरिनेछ ।

शनिवार रिडीयू कटेजबाट बोल्दै ट्रुडोले परीक्षण सफल भएमा औषधि उत्पादकहरूसँग मिलेर नेसनल रिसर्च काउन्सिल अफ क्यानडाले देशमै खोप बनाउने र वितरण गर्ने बताए । 

‘अनुसन्धान र विकासका लागि समय लाग्छ र सही तरिकाले गर्नुपर्छ,’ उनले भने । ‘तर यो उत्साहवर्द्धक समाचार हो ।’

खोपको नाम याड५–एनकोभ हो र मार्च १७ मा चीनले मानिमाथि पहिलो चरणको परीक्षणका लागि यसलाई अनुमति दिइसकेको थियो । 

ग्लोबल न्युजलाई दिएको बयानमा हेल्थ क्यानडाले खोपको नमूना चिनियाँ अनुसन्धान टोली क्यानसिनो बायोलोजिक्सले विकसित गरेको र शुक्रवार परीक्षणका लागि अनुमति दिइएको जानकारी दियो ।
 

salt training

कमेन्ट गर्नुहोस्