२८ असार २०८३, आइतबार

बर्दियाका संक्रमित कालीमाटीका व्यवसायी रहेकाे खुलासा

जेठ ४, २०७७
बर्दियाका संक्रमित कालीमाटीका व्यवसायी रहेकाे खुलासा
प्रतिकार्यात्मक तस्वीर।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौँ, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ।

जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा  उनी लकडाउनमा घर आएका र ५ दिनअघि काठमाडौँ फर्किएको स्थानीय प्रशासनले जनाएको छ।

काठमाडौंँमा स्वाब परीक्षणपछि मात्र उनमा कोरोनाको संक्रमण भएको पुष्टि हो। उनलाई कोरोना पुष्टि भएपछि लालपुर शनिबार दिउँसोदेखि बन्द गरिएको छ।

कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौंँ गएका थिए। उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना  छन् । सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य प्रमुख गिरीले जानकारी दिए।

शनिबार दिउँसोदेखि लालपुरका कसैलाई पनि घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। बर्दियामा हालसम्म दुई जनामा कोरोना पुष्टि भइसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्