कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा बर्सेनि जुन ३ (अन्नपूर्ण आरोहण दिवस) का दिन अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म गर्दै आइएको अन्नपूर्ण म्याराथन एवं अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको यस वर्ष गर्न लागिएको तेस्रो संस्करण स्थगन गरिएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको म्याराथन एवं महोत्सव स्थगन गरिएको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएको बताउँदै अध्यक्ष गुरुङले अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगन भए पनि आगामी वर्षमा पूर्वनिर्धारित समयानुसार नै कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराए ।
कार्यक्रमका लागि विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाबाट विनियोजन हुँदै आएको रकम आगामी वर्षमा पनि निरन्तरताका लागि सम्बन्धित निकायसँग समितिले अनुरोध गरेको छ ।
विसं २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधीले अन्नपूर्ण आधार शिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा अन्नपूर्ण पदयात्रामार्गअन्तर्गत हिन्कु केभमा भएको दुःखद् घटना र अहिले विश्वव्यापी बनेको कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणका लागि जारी बन्दाबन्दीले यहाँको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको उनले बताए ।
धाराशायी बन्दै गएको अर्थतन्त्रलाई माथि उकास्न सम्पूर्ण पर्यटन क्षेत्रको पुनरुत्थान हुने गरी स्थानीय, प्रदेश र सङ्घ सरकारसँग समितिले अनुरोध गर्दै बन्दाबन्दीलाई पूर्ण पालना गर्न आग्रह गरेको छ ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...