०१ साउन २०८३, शुक्रबार

दीनानाथले संसदमा गरे प्रधानमन्त्रीको प्रसंशा– ओलीले नेपालको स्वाभिमानलाई उचो बनाउनु भयो !

दीनानाथले संसदमा गरे प्रधानमन्त्रीको प्रसंशा– ओलीले नेपालको स्वाभिमानलाई उचो बनाउनु भयो !

भारतबाट अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेर नेपालको राष्ट्रिय गौरभ र स्वाभिमानलाई उचो बनाएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंशा गरेका छन् । भारतीय नाकाबन्दीको समयमा पनि ओलीले राष्ट्रिय आत्मविश्वासको वातावरण सिर्जना गरेको उनले दावी गरे ।

मंगलवार राष्ट्रिय सभा बैठकमा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै नेकपा संसदीय दलका नेता समेत रहेका शर्माले नेपाली इतिहासका धेरै प्रधानमन्त्रीले गर्न नसकेको काम ओलीले गरेको भन्दै प्रसंशा गरेका हुन् ।

‘केही दिन अगाडिको भेटमा प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा जारी गर्छ भन्नु भएको थियो हिजो जारी भयो । इतिहासमा धेरै प्रधममन्त्री भए तर यही सरकारले नयाँ नक्सा जारी गर्यो’ शर्माले भने, ‘हिजोको संकटपूर्ण अवस्थामा भारतले नाकाबन्दी लगाएको संकटपूर्ण अबस्थामा समेत राष्ट्रियताको पक्षमा उभिएर, राष्टिय आत्मविश्वासको वातावरण सिर्जना गर्नु भएको थियो । राष्ट्रिय गौरभ र स्वाभिमानलाई उचा राख्ने काम गरेकोमा वर्तमान सरकार र सकारको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई बधाई दिन्छु ।’

पूर्वमाओवादी खेमाका नेता शर्माले गत महिना नेकपा भित्रको समीकरण फेरबदलमा ओलीलाई समर्थन गरेको चर्चा चलेको थियो । उनले सरकारको नीति तथा कार्यक्रम उत्कृष्ठ भएको समेत जिकीर गरे । 

‘सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन हुँदैनन भनेर विरोध गरेको पनि सुनिएको थियो, दफा २६९ त हिजो नै सरकारले नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय भएको छ, कार्यान्वयन शुरू भयो’ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्