२९ असार २०८३, सोमबार

भयंकर दुर्घटनाबाट बचिन् यी युवती (रोमाञ्चक भिडियो)

जेठ ६, २०७७
भयंकर दुर्घटनाबाट बचिन् यी युवती (रोमाञ्चक भिडियो)

रुसको एक सडकमा एउटा कारसँग तीव्र गतिमा हुइँकिने प्रतिस्पर्धा गर्ने क्रममा मोटरसाइकल चलाउने एक महिला खतरनाक दुर्घटनामा परेकी छन् । उनको हेल्मेटमा रहेको क्यामरामा यो खतरनाक दुर्घटनाको दृश्य कैद भएको छ । 

पश्चिमी रुसको सोचीमा बस्ने ती महिलाले कावासाकी जेडएक्स–६आर मोटरसाइकल दौडाएको र त्यसबाट चिप्लिएको देखिन्छ ।

नियन्त्रण बाहिर गएपछि उनी ६०० सीसीको मोटरसाइकलबाट हाम्फालेकी थिइन् र ज्यान जोगाएकी थिइन् ।  

उनको गोप्रो क्यामराले उनी हाम्फालेको दृश्य खिचिरह्यो । 

उनी सडकमा बजारिएको देखिन्छ तर त्यत्रो दुर्घटना हुँदा पनि उनलाई गम्भीर चोटपटक लागेन । 

एन्जेलिना नामक ती महिलाको नितम्ब र गोडामा हल्का चोटकपटक लागेको थियो तर अनौठो कुरा चाहिँ हाडहरू भाँचिएको थिएन । 

दुर्घटनाको भिडियोमा उनलाई लडेपछि सहायता गर्न मोटरचालकहरू आएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्