२४ असार २०८३, बुधबार

एमालेले फेरि गर्यो संसद अवरुद्ध, सरकारको जवाफ चित्त बुझेन

कात्तिक २०, २०७४
एमालेले फेरि गर्यो संसद अवरुद्ध, सरकारको जवाफ चित्त बुझेन

काठमाडौं, १३ वैशाख– सरकारले स्थानीय तहको संख्या बढाउने प्रस्ताव अगाडि बढाएको विरोधमा एमालेले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । सोही विषयमा एमालेले मंगलबारको बैठकपनि अवरुद्ध गरेको थियो ।

स्थानीय तहको संख्या बढाउने विषयमा एमालेको जिज्ञासामा स्थानीय विकास मन्त्री कमल थापाले आजको संसद बैठकमा जवाफ दिएका थिए । तर, उनको जवाफमा चित्त नबुझेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।

एमालेको अवरोध पछि सभामुख ओनसरी घर्तीले आज ३ बजेसम्मका लागि संसद बैठक स्थगित गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्