
महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुईजना प्रहरी अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कालीमाटी वृत्तमा कार्यरत २ प्रहरीमा कोराना पुष्टि भएसँगै विभिन्न ६ इकाइ सिल गरिएको महानगरिय प्रहरी कार्यालय प्रमुख डीआइजी विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा मंगलवार साँझ २ प्रहरी अधिकारीमा कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएसँगै वृत्त नजिकैको महानगरीय ट्राफिक प्रहरी प्रभाग, महिला सेल, बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।