२८ असार २०८३, आइतबार

भारतबाट उद्धार गरी ल्याइएका भैरहवाका एक जनामा कोरोना

जेठ ७, २०७७
भारतबाट उद्धार गरी ल्याइएका भैरहवाका एक जनामा कोरोना

रुपन्देहीको सदरमुकाम भैरहवाका एक पुरुषमा पनि बुधबार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। भारतको मुम्बईबाट आएका ३६ वर्षीय युवाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

मुम्बईबाट आएका उनी सिद्धार्थनगर ८ स्थित लिलाराम माविको क्वारेन्टाइनमा रहेका थिए। उनको आरडिटी परिक्षण पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो। उनको पीसीआर परीक्षण समेत पोजिटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा राजेन्द्र गिरीले बताए। 

वैशाख ३१ गते सिद्धार्थनगर नगरपालिकाले सिमाबाट उद्वार गरी ल्याएका २ सय ६४ जना मध्ये उनीमा कोरोना पोजिटिभ देखिएको हो। उनीसँगै बस्दै आएका अन्य व्यक्तिको पनि अध्ययन गरी जाँच प्रक्रिया अघि बढाउने स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले बताए। 

जेठ ४ गते क्वारेन्टाइनमा गरिएको आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई भैरहवास्थित भीम अस्पतालमा राति नै भर्ना गरिएको थियो। अहिले विरामीको अवस्था सामान्य छ। उनीसँगै भीम अस्पतालमा अहिले २२ जना कोरोना संक्रमित छन्। कोरोनाका विरामी धेरै भेटिएपछि रुपन्देहीको घरमा सर्तकता अपनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्