१६ असार २०८३, मंगलबार

यस्तो रहेछ पुरुषले बाक्लो दाह्री पाल्नुको कारण

जेठ ८, २०७७
यस्तो रहेछ पुरुषले बाक्लो दाह्री पाल्नुको कारण

एक नयाँ अध्ययनअनुसार, पुरुषहरूले शत्रुको मुक्काबाट आफ्नो बंगारा जोगाउन बाक्लो दाह्री पाल्ने अभ्यास थालेका हुन् । 

मानवजातिमा वयस्क पुरुष र महिलालाई छुट्ट्याउने सबभन्दा स्पष्ट कुरा नै दाह्रीजुंगा हो । 

तर यसको वास्तविक उपयोगिता अहिलेसम्म रहस्यमै थियो । केही अनुसन्धाताहरूले दाह्रीको उपयोग महिलालाई आकर्षण गर्नका लागि भएको दाबी गर्दै आएका थिए । 

तर नयाँ अध्ययनले दाह्रीको मुख्य फाइदा भनेको मुक्काको असरलाई कम गराउनु हो भनेको छ । 

परापूर्वकालमा पुरुषले महिलासँग सम्भोग गर्नका लागि प्रतिस्पर्धी पुरुषहरूसँग मुक्काले हिर्काएर फाइट गर्नुपर्थ्यो ।

हजारौं वर्षको अवधिमा फाइट गर्न असमर्थ पुरुषलाई बिस्तारै जिन पूलबाट हटाउँदै गइयो र त्यसले गर्दा आधुनिक पुरुषहरू हातले गरिने लडाइँमा पोख्त छन् । 

यसको अन्तिम परिणाम भनेको पुरुषको शरीरलाई विकासक्रमले नै मुक्का हान्न सक्षम बनाएको छ । 

अमेरिकाको युटाह विश्वविद्यालयका अनुसन्धाताहरूले मुक्काको प्रभावलाई दाह्रीले कत्तिको घटाउँछ भनी अनुसन्धान गरेका थिए । 

उनीहरूको परीक्षणमा दाह्रीले मुक्काको असरलाई कम गरेको पाइयो । अनुसन्धानको निष्कर्ष इन्टेग्रेटिभ अर्गानिज्मल बायोलोजी नामक जर्नलमा प्रकाशन गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्