
कपिलवस्तुमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण थपिएका मध्ये २ जना जिल्लाका पत्रकार रहेका छन ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार ६ जना भारतबाट लुकीछिपी आएका, २ जना पत्रकार र एक जना बालिका रहेका छन् ।
बाणगंगा नगरपालिका वडा नम्बर ४, ५, ७, ८ र १० नम्बर वडाका ५ जना मायादेवी गाउँपालिका वडा नम्बर ४ र ५ का ३ जना र कपिलवस्तु नगरपालिकाका १ जनामा संक्रमण देखिएको नेपालीले जानकारी दिए ।
उनीहरुलाई कहाँ राख्ने भन्ने छलफल भइरहेको छ । प्रदेश पाँचमा बाँकेमा १ सय १, बर्दियामा ३, कपिलवस्तुमा ६९, रुपन्देहीमा २९ पश्चिम नवलपरासीमा ५ गुल्मीमा १, दाङमा ५ जनामा संक्रमण देखिएको छ ।