२४ असार २०८३, बुधबार

विदेशमा १० नेपालीले कोरोनाबाट ज्यान गुमाए

जेठ १०, २०७७
विदेशमा १० नेपालीले कोरोनाबाट ज्यान गुमाए

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अहिलेसम्म विदेशमा १० जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गएकामध्ये १० जनाको कोभिड १९ बाट सङ्क्रमित भएर मृत्यु भएको हो । नेपाल सरकारले लकडाउन सुरु गरेदेखि विदेशमा मृत्यु भएका २०७ जना श्रमिकमध्ये १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाएको हो ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपालमा लकडाउन सुरु भएदेखि अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका १० जनाको कोभिड १९ कारण ज्यान गएको आधिकारिक जानकारी आएको बताउनुभयो । जसमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पाँच जना, साउदी अरेबियामा तीन जना, कतार र टर्कीमा एक÷एक जना गरी १० जनाको कोभिड १९ कारण ज्यान गएको उनले जानकारी दिए ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले कोभिड १९ कारण ज्यान गुमाएका सबैको परिवारसँग सहमति लिएर सम्बन्धित देशमा शवको अन्त्येष्टि गरिएको जानकारी दिए । कोभिडका कारण कोही नेपाली श्रमिकको वदेशमा ज्यान गएमा अहिलेलाई नेपाल ल्याउन सम्भव छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै कोभिडका कारण ज्यान गुमाउनेको शव नेपाल ल्याउन कठिन हुने र गन्तव्य देशले पनि नदिने भएकाले गन्तव्य देशमै अन्त्येष्टि गर्नुको विकल्प छैन ।

बन्दाबन्दीले विदेशमा १९७ शव अलपत्र बोर्डका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १९७ जनाको शव उतै रोकिएको छ । बोर्डका अनुसार विभिन्न कारणले यस अवधिमा मलेसियामा ४४ जना, कुवेतमा ११ जना, बहराइन र दक्षिण कोरियामा तीन÷तीन जना, सेलेल्न्स, ओमानमा एक÷एक जनाले ज्यान गुमाएका छन् । नेपालमा लकडाउन सुरु भएदेखि यूएईमा ४६ जनाको मृत्यु भएकामा पाँच जनाको कोभिड १९ का कारण मृत्यु भएको छ ।

यस अवधिमा साउदीमा ४९ जनाको मृत्यु भएकामध्ये तीन जनाको मृत्यु कोरोनाबाट भएको छ । कतारमा मृत्यु भएका ४१ जनामध्ये एक जनाले कोभिड १९ का कारण ज्यान गुमाएको बोर्डले जनाएको छ । १० देशमा रहेका १९७ जना नेपाली श्रमिकको शव भने बन्दाबन्दी भएका कारण सम्बन्धित गन्तव्य देशमा रोकिएको छ । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले खाडी देश र मलेसियामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले तत्काल ती शव स्वदेश ल्याउनसक्ने अवस्था नरहेको बताए  । गोरखापत्र दैनिकमा खबर छ ।   

salt training

कमेन्ट गर्नुहोस्