
कपिलवस्तुमा शनिवार बिहान ८ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित बाणगंगा नगरपालिका ६ जना र बुद्धभूमि नगरपालिका दुई जना हुन् ।
संक्रमितमध्ये १ जना वडा अध्यक्ष १ जना पत्रकार पनि रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
जिल्लामा शुक्रवार पनि दुई जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका थिए । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या ७५ जना पुगेका छन् ।
४० वर्षिया वडा अध्यक्ष बाणगंगा नगरपालिकाका र २७ वर्षिया महिला पत्रकार हुन् । कपिलवस्तुमा कोरोना समुदायमा नैं संक्रमण फैलिएको छ ।