
प्रदेश स्थापना भएको लामो समयसम्म पनि नामाकरण र राजधानी तोक्न नसकेको ५ नम्बर प्रदेशमा अझै टुंगो लाग्न समय लाग्ने देखिएको छ ।
कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाइने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लगाइने बताए ।
प्रदेशसभा बैठकमा सम्बोधन गर्दै यादवले राजधानीको टुंगो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण गरिने बताएका छन् ।