०५ साउन २०८३, मंगलबार

चन्दको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

चन्दको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
कांग्रेस सभापति शेरबहादुर देउवा।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमहासमिति सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य राजबहादुर चन्दको निधनप्रति दुःख व्यक्त गरेका छन्।

वरिष्ठ अधिवक्तासमेत रहेका चन्दको शुक्रबार राति बैतडीको पाटन नगरपालिका–४ स्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको हो। सभापति देउवाले शनिबार एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। 

स्व चन्दले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताए। ०३६ देखि नेविसंघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका स्व चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका दुई छोरा र तीन छोरी छन्। 

salt training

कमेन्ट गर्नुहोस्