१४ असार २०८३, आइतबार

कोरियाली भाषा परीक्षा अनिश्चित

जेठ १२, २०७७
कोरियाली भाषा परीक्षा अनिश्चित

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीका लागि दक्षिण कोरियामा जाने उम्मेदवारका लागि कोरियाली भाषा परीक्षा अनिश्चित बन्दै गएको छ । कोरियाको मानव संसाधन विभाग (एचआरडी) कोरियाले २०२० जेठको अन्तिममा लिने भनेको भाषा परीक्षा कोभिड १९ कारण रद्द भएसँगै भाषा परीक्षा अनिश्चित बनेको हो । कोरिया भाषा परीक्षा तथा सीप परीक्षण कहिले हुन्छ भन्ने यकिन नभएको एचआरडीले जनाएको छ ।

एचआरडी कोरियाका अनुसार अब हुने परीक्षा उत्पादनमूलक क्षेत्रका लागि मात्र हुने योजना रहेकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष भाषा परीक्षामा उत्तीर्ण हुनेको सङख्या घट्ने अनुमान गरिएको छ । २०१९ को भाषा परीक्षामा कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक गरी दुई विधामा परीक्षा भएकाले १० हजार रोजगारीका लागि झन्डै एक लाखको हाराहारीमा आवेदन परेको थियो ।

रोस्टरमा धेरै व्यक्ति भएकाले यो वर्ष सीबीटी परीक्षा नहुने एचआरडी कोरियाले उल्लेख गरेको छ । उसले भाषा परीक्षामा हुने अमर्यादित गतिविधि रोक्न कम्प्युटरलगायतका तरिकाबाट परीक्षा लिने माध्यमबारे अध्ययन भइरहेको भए पनि अझै कुन माध्यमबाट परीक्षा हुन्छ भनेर निष्कर्षमा नपुगेको जनाएको छ ।

भाषा परीक्षामा हुने अमर्यादित क्रियाकलाप रोक्न औँठाछाप लिने व्यवस्थाको सुरुवात र कम्प्युटरबाट परीक्षा लिने ठाउँको निर्माण सकिएपछि मात्रै परीक्षाको मिति तोक्नेबारे एचआरडीले तयारी गरिरहेको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्