१० साउन २०८३, आइतबार

मतदाता शिक्षा कार्यक्रम स्थगित, मतदान अधिकृत फर्किए

कात्तिक २०, २०७४
मतदाता शिक्षा कार्यक्रम स्थगित, मतदान अधिकृत फर्किए

सोलुखुम्बु, १४ वैशाख– प्रदेश नं १ को स्थानीय तह निर्वाचन जेठ ३१ गतेका लागि सारिएपछि सोलुखुम्बुमा मतदाता शिक्षा कार्यक्रम पनि स्थगित गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख खिमादेवी लगेवाका अनुसार जिल्लामा सञ्चालन भइरहेको मतदाता शिक्षा कार्यक्रम निर्वाचन मिति सरेका कारण मङ्गलबारदेखि स्थगित गरिएको हो । जिल्लाका एकसय २० मतदान केन्द्रका लागि प्रत्येक केन्द्रमा एकजनाका दरले मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो । केन्द्रको निर्देशनअनुसार पछिल्लो चरणमा सुरु गर्नेगरी हालका लागि कार्यक्रम स्थगित गरिएको कार्यालयले जनाएको छ ।

यस्तै, जिल्लाका आठ स्थानीय तहमा निर्वाचन अधिकृतका रुपमा खटिएका कर्मचारी पनि फिर्ता भएका छन् । मङ्गलबार कार्यालय स्थापना गरी काम सुरु गर्ने कार्यक्रम रहेको भएपनि निर्वाचन मिति सरेका कारण उनीहरु सबैलाई फिर्ता गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । सबै निर्वाचन अधिकृत कार्यक्षेत्रमा पुगिसकेका थिए ।

निर्वाचनको मिति सरेपछि जिल्लामा मिश्रित प्रतिक्रिया आएको छ । पर्यटकीय क्षेत्र खुम्बुका नागरिक यसबेला पर्यटकीय याम चलिरहेका कारण मतदान गर्नसमेत असहज हुने अवस्था भएकाले जेठ ३१ को समय ठीक भएको बताउँछन् भने तल्लो क्षेत्रमा जेठ महिना खेतीपातीको महिना भएकाले निर्वाचनका कारण खेतीपातीसमेत प्रभावित हुने बताउँछन् ।

उम्मेदवार छनोट कार्यक्रम अन्तिम चरणमा पु¥याएका जिल्लास्थित राजनीतिक दलले समेत निर्वाचन स्थगित भएपछि उम्मेदवार छनौट कार्यक्रम स्थगित गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्