२९ असार २०८३, सोमबार

एमालेको लोकप्रिय एजेण्डा कांग्रेसले चोरेको ओलीको आरोप

कात्तिक २०, २०७४
एमालेको लोकप्रिय एजेण्डा कांग्रेसले चोरेको ओलीको आरोप
काठमाडौं १४ वैशाख– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले शुरु गरेको लोकप्रिय कार्यक्रम कांग्रेसले चोरेको आरोप लगाएका छन् । ओलीले काग्रेसले चुनावी घोषणा पत्रमार्फत एमालेका नारा चोरी गरेको आरोप लगाएका हुन् ।

काग्रेस सभापति शेरबहादुर देउवाले एमालेले लोकप्रियता कमाएका नारा कांग्रेसका भएको भन्दै झुठो प्रचार गरेको आरेलीले बताए ।

पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा प्रचार कमिटी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार जेठ १५ मा पपुलिष्ट बजेट ल्याएर चुनाव प्रभावित गर्न खोजेको आरोप लगाएका हुन् ।

‘सत्तारुढ दलले कति झुठा आश्वासन बाढेका छन भनेर बुझ्न काग्रेसको चुनावी घोषणापत्र हेरे पुग्छ, बृद्धभत्ता पनि काग्रेसले शुरु गरेको भनिएछ’ ओलीले भने, ‘कार्यकर्ताले होइन सभापति कै तहवाट औपचारिक रुपमा बोलिएको छ । बृद्धभत्ता पनि काग्रेसले भनेपछि के गर्न खोजेको होला ?’

अध्यक्ष ओलीले एमालेलाई आरोप लगाएर सरकार चुनाव भाड्ने खेलमा लागेको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्