०८ साउन २०८३, शुक्रबार

किसानलाई अदुवा बिक्रीको चिन्ता

कात्तिक २०, २०७४
किसानलाई अदुवा बिक्रीको चिन्ता

रामपुर, १४ वैशाख–
बजारमा अदुवाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् ।

नगदे बालीको रुपमा रहेको अदुवा उत्पादन गरेर वर्षाैंदेखि जीविका चलाउँदै आएका कृषक यस वर्ष अदुवाले बजार नपाउँदा समस्यामा परेका छन् । बाकामलाङ–४ का कृषक टुकबहादुर सोती अदुवा बिक्री गरेर परिवारको जीविका चलाउँदै आउनुभएको छ । तर यस वर्ष उनले अदुवा बिक्री गर्न पाएका छैनन् ।

प्रतिधार्नी अदुवा २०० मा बिक्री गरेका सोतीले अहिले प्रतिधार्नी ३५ मा बिक्री गरिरहेका छन् ।

‘गत वर्ष एक लाख आम्दानी गरेको थिएँ, यस वर्ष लगानी पनि नउठ्ने भयो,’ सोतीले भने, ‘छोराछोरीको लालनपालन, पढाइ खर्च र घरायसी खर्च कसरी चलाउने हो भन्ने समस्या छ ।’

बाकामलाङ्–४ लेखमलाङका अधिकांश कृषकको पुख्र्याैली पेसाका रुपमा रहेको अदुवाखेतीलाई उनीहरुले हालसम्म व्यावसायिक रुपमा आम्दानीको स्रोत बनाउँदै आएका छन् । यहाँका ७५ घरपरिवारले बारीभरि अदुवा लगाएर बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।

‘पहिला कृषकलाई अदुवा लगाउन र बेच्ने चटारो हुन्थ्यो, व्यापारी अदुवा खरिद गर्न गाउँमै आउँथे, यस वर्ष अदुवा कुहिन थाल्यो,’ कृषक मीनबहादुर सोतीले भने ।

विगत वर्षमा व्यापारीको माग पु¥याउन समस्या हुने गरेको थियो । यहाँ उत्पादन भएको अदुवाको मुख्य बजार भारत हो । भारतले गत वर्षदेखि अदुवा उत्पादन बढाएसँगै यहाँ उत्पादित अदुवाले बजार नपाएको किसान बताउँछन् ।

जिल्लामा आव २०७२/७३ मा एक हजार २६२ हेक्टर क्षेत्रफलमा ३१ करोड ३० लाखको १४ हजार १९७ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले जानकारी दिए ।

जिल्लाको मुख्य नगदे बालीका रुपमा रहेको अदुवाखेती विस्तार गरी सरकारले एक गाउँ एक उत्पादन कार्यक्रम अगाडी सारेको छ ।

भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङ्गदी, खालीवन, सिलुवा, बाकामलाङ, झिरुवास, सहलकोट, मित्याल, गल्धालगायत क्षेत्रलाई अदुवाको पकेट क्षेत्रका रुपमा विकास गरिएको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्