३० असार २०८३, मंगलबार

भारतको नक्शाबाट कश्मीर गायब, वर्ल्ड प्रेसको वेबसाइटमा देखियो यस्तो

कात्तिक २०, २०७४
भारतको नक्शाबाट कश्मीर गायब, वर्ल्ड प्रेसको वेबसाइटमा देखियो यस्तो

काठमाडौं, १४ वैशाख — विदेशी कम्पनीहरूले भारतको नक्शा तथा प्रतीक चिह्नहरूलाई बिगारेका घटना सार्वजनिक भइरहेका हुन्छन् ।


प्रसिद्ध ब्लग वेबसाइट वर्ल्ड प्रेस डट्कमले यसै क्रममा भारतको नक्शाबाट आधी कश्मीर नै गायब बनाइदिएको छ ।

एकतिर आधी कश्मीर गायब छ भने अर्कोतिर अरुणाचल प्रदेशलाई विवादित क्षेत्रमा समावेश गरिएको छ ।

वर्ल्ड प्रेसको आधिकारिक कार्यालय अमेरिकामा छ । संसारभरिका मानिस यसमा जोडिएका छन् ।

वेबसाइटमा करीब १५०० करोड पेज छन् । यसबाटै यसको फराकिलो सञ्जाल देखिन्छ ।

त्यसैको एक पोस्टमा कश्मीर र अरुणाचल प्रदेशलाई विवादित रूपमा देखाइएको हो ।

कश्मीरलाई पाकिस्तानमा देखाइएको छ भने अरुणाचलका केही भागलाई चीनमा रहेको देखाइएको छ ।

यसले गर्दा भारतीयहरूको निद्रा खल्बलिएको छ । उनीहरूले वर्ल्ड प्रेसलाई यो नक्शा सच्याउन इमेल पठाएका भएपनि कुनै जवाफ आएको छैन ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्