कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टीनको २ विकल्प दिएको छ ।
सरकारले शुक्रवारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छा अनुसारको क्वारेन्टीनमा बस्न पाउने भएका छन् ।
विदेशबाट आउनेले सुविधासम्पन्न क्वारेन्टीनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टीनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टीनमा निःशुल्क राखिने छ । बागलुङ जिल्लाका १० स्थानीय तहले १०० भन्दा बढी स्थानमा क्वारेन्टीन व्यवस्थापन गरी १ हजार ४०० भन्दा बढी भारतबाट आएकालाई क्वारेन्टीनमा राख्दै आएको छ ।
भारतबाट आउनेलाई मात्रै क्वारेन्टीनमा राख्न मुस्किल भएको स्थानीय तहलाई तेस्रो मुलुकबाट आउने भएपछि झनै चुनौती थपिएपछि होटलमा पैसा तिरेर क्वारेन्टीनमा बस्ने व्यवस्था मिलाइएको हो ।
बागलुङमा सुविधासम्पन्न क्वारेन्टीनको क्षमता विस्तार गर्नका लागि जिल्ला सदरमुकाममा रहेका होटललाई प्रयोगमा ल्याइने भएको छ । बागलुङ नगरपालिकाले जिल्लाका होटल व्यवसायीको सहकार्यमा रकम खर्च गरेर होटलमा बस्ने व्यवस्था गरेको र अन्यलाई निःशुल्क क्वारेन्टीनमा राखिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।
‘हामीले विदेशबाट आउनेलाई इच्छाअनुसारको विकल्प दिएका छौं,’ प्रमुख पौडेलले भने, ‘खर्च गरेर होटलमा बस्ने वा स्थानीय तहले बनाएको क्वारेन्टीनमा निःशुल्क बस्ने रोज्न पाइने छ ।’
शुरूको चरणमा बागलुङका ६ वटा होटलमा १५० शय्या क्षमताको क्वारेन्टीन बनाइने होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । पहिलो चरणमा होटल पिस प्यालेस, समिट, दिराजन, हिलभ्यू, रेड एप्पल र त्रिवेणी होटललाई क्वारेन्टीन बनाइने छ । थप क्वारेन्टीनमा बस्ने आएमा अन्य होटललाई समेत क्वारेन्टीनमा परिणत गर्न सकिने राजभण्डारीको भनाइ छ ।
होटलका कोठामा स्यानिटाइज गर्ने, प्याकेजिङ गरेर खान कोठामै पुर्याउने, स्वास्थ्य सचेतना प्रदान गर्ने लगायतका सुविधा हुनेछ । होटल क्वारेन्टीनमा बस्न प्रतिव्यक्ति १ हजार ७५० र डबल शय्या कोठामा प्रतिव्यक्ति १ हजार ५०० शुल्क तय गरिएको होटल व्यवसायी संघले जनाएको छ । कूल १५० शय्या क्षमताको क्वारेन्टीन शौचालयजडित र स्नान कक्ष भएको हुनेछ ।
जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि क्वारेन्टीन बनाइएको होटलमा सुरक्षाको व्यवस्थापनमा लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...