११ साउन २०८३, सोमबार

नेपाली क्रिकेट टोलीलाई खुसीको खबर, दिने भयो आइसिसीले रोकिएको तलब

कात्तिक २०, २०७४
नेपाली क्रिकेट टोलीलाई खुसीको खबर, दिने भयो आइसिसीले रोकिएको तलब

काठमाडौँ, १४ वैशाख - विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ ।Nepal-team-cricket

संयुक्त अरब इमिरेट्स दुबईमा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ क्यानको विवादसँगै गत वर्ष निलम्बनमा परेपछिको करिब १५ महिनाको बाँकी तलब राष्ट्रिय टोलीमा अनुबन्धन भएका खेलाडीलाई उपलब्ध गराइने आइसिसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो ।

सरकारी हस्तक्षेप भएको जनाउँदै आइसिसीले गत वर्ष वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । क्यानको निलम्बनसँगै आइसिसीले बैङ्क खातासमेत रोक्का गरेपछि नेपाली खेलाडीले तलब पाएका थिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्