२३ असार २०८३, मंगलबार

क्वारेन्टीनमा बलात्कारको घटनाका दोषीलाई कडा कारबाही गर्न कांग्रेसको माग

क्वारेन्टीनमा बलात्कारको घटनाका दोषीलाई कडा कारबाही गर्न कांग्रेसको माग

कैलालीको एक क्वारेन्टीनमा बलात्कारको घटनाका दोषीलाई कडा कारबाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । 

सोमवार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले क्वारेन्टीनको बेथितिमा सरकारले आफ्नो अनुहार हेर्नुपर्ने बताउँदै बलात्कारको घटनाको घोर भत्र्सना गरेको छ । 

घटनामा संलग्न हुनेलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै कांग्रेसले कारेन्टीनमा सरकारको अयोग्यता झल्किएको टिप्पणी गरेको छ । 

मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गइरहेको भन्दै कांग्रेसले अब्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टीनबाट नागरिक भाग्नुपरेको बताएको छ ।

उसले विज्ञप्तिमा भनेको छ,‘क्वारेन्टीन  सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्ततः बलात्कार सम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ । ’

यससँगै कांग्र्रेसले क्वारेन्टीनका बेथितिहरु विरुद्ध दबाब दिन मंगलवार स्वदेश र बिदेशबाट एकसाथ प्रधानमन्त्रीलाई बिशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्