
'उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कार' पत्रकारद्वय वीरेन्द्र रमन र शैलेन्द्र क्रान्तिलाई प्रदान गरिएको छ।
मानव विकास केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा मंगलबार पत्रकारद्व रमन र क्रान्तिलाई २५ हजार ५ सय/२५ हजार ५ सय रुपैयाँको पुरस्कार राशी प्रदान गरेको हो।०७७ बाट घोषणा गरिएको यो पुरस्कार पत्रकार महासंघ धनुषा शाखाको सिफारिसमा उनीहरुलाई हस्तान्तरण गरिएको हो।
दशकदेखि पत्रकारितामा रहेका पत्रकार रमन कोरोना संक्रमित भइ निको भैसकेका छन् । क्रान्ति युवा पत्रकार हुन्।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव थिए भने विशिष्ठ अतिथि शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया रहेका थिए।
मानव विकास केन्द्रका अध्यक्ष कुन्दनकुमार झाले गत वर्ष संस्थाको प्रथम वार्षिकोत्सवको अवसरमा ०७७ बाट प्रदान गर्ने गरी पुरस्कार घोषणा गरेका थिए।
संस्थाले पुरस्कार राशी २५ हजार रुपैयाँ घोषणा गरेको भए पनि यस वर्ष कोरोना महामारीको समवेदनशशील घडीमा पनि पत्रकारहरुले देखाएको साहसलाई कदर गरेर राशी बढाइएको जनाइएको छ।
संस्थाले मंगलबार नै विभिन्न क्षेत्रका २२ जनालाई सम्मान गरेको छ।
