२२ असार २०८३, सोमबार

सेना परिचालनको निर्णयप्रति उपेन्द्रको आपत्ति

कात्तिक २०, २०७४
सेना परिचालनको निर्णयप्रति उपेन्द्रको आपत्ति


काठमाडौँ, १५ वैशाख - स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति उपेन्द्र यादवको सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ ।upendra

सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षांैदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने जनाएको छ ।

“सेनाको भूमिकालाई विवादित हुन नदिन निर्वाचनमा सेना परिचालन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै निर्णय तत्काल फिर्ता लिन सङ्घीय समाजवादी फोरम, नेपाल जोडदार माग गर्दछ”, अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित गर्ने भएकाले दुई चरणको निर्वाचन प्रक्रियाप्रति पनि आपत्ति जनाएको छ ।

“परिमार्जनसहित संविधान संशोधन गरी सङ्घीय गठबन्धन÷मोर्चाले उठाएको माग सम्बोधन नभएसम्म कुनै पनि चुनाव स्वीकार्य छैन । निर्वाचनअघि बजेट घोषणा भए निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने र मतदातालाई समेत प्रभावित गर्ने भएकाले निर्वाचनपछि मात्रै बजेट ल्याउनुपर्ने सङ्घीय समाजवादी फोरमको ठहर छ”– विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्