२९ असार २०८३, सोमबार

गृहमन्त्रालयले जारी गर्यो लक-डाउनको नयाँ मापदण्ड, के गर्न पाइन्छ के पाइँदैन ? [पूर्णपाठसहित]

गृहमन्त्रालयले जारी गर्यो लक-डाउनको नयाँ मापदण्ड, के गर्न पाइन्छ के पाइँदैन ? [पूर्णपाठसहित]

गृहमन्त्रालयले लक-डाउनसम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । असार १ गतेदेखि आंशिक खुकुलो गरिएको लक-डाउनलाई थप व्यवस्थित गर्ने नयाँ मापदण्ड जारी गरेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयबाट जारी नयाँ मापदण्डमा विवाह व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठ लगायतका सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू गर्ने पर्ने अवस्थामा तोकिएको सामाजिक दूरी कायम गर्नुपर्ने र १५ जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ ।

यससँगै मन्त्रालयले अत्यावश्यकबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिंडडुल गर्न पूर्णतः निषेध गर्ने जनाएको छ ।

नयाँ मापदण्डमा मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरूले चालक, सहचालक बाहेक अन्य कुनै पनि यात्रु ओसारपसार नगर्नेसमेत उल्लेख छ ।

हेर्नुहोस् गृहमन्त्रालयले जारी गरेको नयाँ मापदण्ड -

salt training

कमेन्ट गर्नुहोस्