३१ असार २०८३, बुधबार

चौरजहारी घटना : मृतकका परिवारलाई एक/ एक लाख दिने कर्णाली सरकारको निर्णय

चौरजहारी घटना : मृतकका परिवारलाई एक/ एक लाख दिने कर्णाली सरकारको निर्णय

 कर्णाली प्रदेश सरकारले पश्चिम रुकुमको चौरजहारीमा भएको घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई एक/एक  लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ।  

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक उक्त निर्णय गरेको हो।  

जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको  घटनामा ३४ जना प्रतिवादीविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ।  

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार भौतिक पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख पदमा योग्यता पुगेका इञ्जिनियरिङ सेवा र सिभिल समूहअन्तर्गतका जुनसुकै उपसमूहका कर्मचारी जान पाउने गरी उपसमूह खुल्ला गर्ने निर्णय पनि बैठकले गरेको छ। 

 

salt training

कमेन्ट गर्नुहोस्