
निजी विद्यालयहरूले यस वर्षको विद्यालय शुल्क भुक्तानी गराउन अभिभावकहरूलाई ताकेता गरेका छन् ।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र नेशनल प्याब्सनले आइतवार संयुक्त विज्ञप्ति जारी गर्दै २०७६ सालको बाँकी बक्यौता रकम तिर्न र यस वर्ष विद्यालयमा बुझाउनुपर्ने शुल्क तिर्न ताकेता गरेका हुन् ।
लकडाउनका कारण विद्यालय बन्द हुँदा २ लाख भन्दा बढी शिक्षक तथा कर्मचारी समस्यामा परेको बताउँदै उनीहरूले यसले निजी विद्यालयहरूमाथि प्रश्न उठेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, हाम्रा विद्यालयहरूमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी तथा उहाँहरूको परिवारजनको जीवनयापन कठिन भएको अवस्था छ ।
उनीहरूले भाडामा सञ्चालित विद्यालयहरूको भाडा तिर्न नसकेको, बैंकको किस्ता व्याज तिर्न नसकेको जनाएका छन् ।