
ललितपुरबाट १३ वर्षीया बालिकालाई भारत पुर्याई बेचेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काममा लगाइदिन्छु भन्दै फकाएर भारत पुर्याई बेचेको आरोपमा सिन्धुपाल्चोक स्थायी घर भई सुनसरीको इटहरी बस्ने २० वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोककै (हाल पोखरा लेकसाइड बस्ने) २८ वर्षीय प्रविन तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक एसपी गोविन्द थपलियाले जानकारी दिए ।
उनीहरूले नयाँ बसपार्कबाट बसको माध्यमबाट सुनौली पुर्याई भारतको उत्तर प्रदेशमा डान्स आर्केस्ट्रामा बेचेका थिए ।