२९ असार २०८३, सोमबार

वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको सीमा राख्ने पार्टीको निर्णयमा मातृकाको असन्तुष्टि

वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको सीमा राख्ने पार्टीको निर्णयमा मातृकाको असन्तुष्टि
फाइल फोटो

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने गरी गरिन लागेको व्यवस्थाप्रति नेकपा सांसद मातृका यादवले असन्तुष्टि जनाएका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्नै पार्टीले गरेको निर्णयप्रति असहमति जनाउँदै यादवले यसले मधेशी समुदाय मात्र नभई समग्र महिलाहरूको प्रगति,  विकास र समृद्धिमा कुठाराघात हुने टिप्पणी गरेका छन् ।

'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे हाम्रो पार्टी नेकपाको सचिवालयले गरेको निर्णयप्रति पूर्ण असहमति छ । उक्त ७ वर्षे प्रावधानले ७ वर्षसम्म राज्यविहीन बनाउँदै राजनैतिक, आर्थिक र सांस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ । यस प्रकारका निर्णयले मधेशी समुदाय मात्र नभई समग्र महिलाहरूको पनि प्रगति, विकास र समृद्धिमा ठुलो कुठाराघात हुने देखिन्छ,' यादवले विज्ञप्तिमा भनेका छन् ।

वैवाहिक अंगीकृत नागरिकताका लागि विवाहको ७ वर्ष पूरा हुनुपर्ने व्यवस्था गर्ने निर्णय नेकपा सचिवालय बैठकले गरेको थियो ।

हेर्नुहोस्, मातृकाको विज्ञप्ति :

 

salt training

कमेन्ट गर्नुहोस्