२९ असार २०८३, सोमबार

चौरजहारी हत्या घटनाः वडाध्यक्ष मल्लसहित २३ जना पुर्पक्षका लागि कारागार चलान

चौरजहारी हत्या घटनाः वडाध्यक्ष मल्लसहित २३ जना पुर्पक्षका लागि कारागार चलान

रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका ८ सोती मा भएको हत्या घटनामा २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश विद्याराज पौडेलको इजलासले सोतीका वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

किशोरीकी आमालाई १ लाख धरौटीमा छोड्न आदेश दिइएको छ, भने इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई  साधारण ताखेरमा छोड्न अदालतले आदेश दिएको छ। 


मृतक नवराजकी प्रेमिका भनिएकी किशाेरीसहित दुई जनालाई यसअघि बाल सुधार गृह पठाइएको थियो।

असार ५ गतेदेखि थुनछेक बहस सुरु भएको थियो। 

 गत जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जानेगरी घटना भएपछि ३४ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो। तीमध्ये ५ जना फरार रहेका छन् ।

नवराज उपलल्लो जातकी युवतीलाई विवाहका लागि ल्याउने भनेर साथीहरुसहित पश्चिम रुकुम पुगेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्