२१ जेठ २०८३, बिहीबार

जनकपुरमा मात्र दैनिक लाखौँको आलु र प्याज भारतबाट ल्याइन्छ

कात्तिक २०, २०७४
जनकपुरमा मात्र दैनिक लाखौँको आलु र प्याज भारतबाट ल्याइन्छ
महेन्द्रनगर(धनुषा), १६ गते वैशाख । तराई–मधेसलाई अन्नको भण्डार मानिए पनि अहिले जनकपुरमा मात्र दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको आलु र प्याज भारतबाट भित्रिने गरेको छ । 

आलु, प्याज व्यवसायी सङ्घ जनकपुरका अध्यक्ष अल्लाउदिन राईनकाअनुसार जनकपुरमा अहिले दैनिक रुपमा रु २० देखि २५ लाख मूल्य बराबरको आलुप्याज खपत हुने गरेका छन् । दैनिक पाँच ट्रक आर्थात सय टन आलु र दुई ट्रक ४० टन प्याज भारतको उत्तराखण्ड, बङ्गाल, गुजरात, नासिक बिहारलगायतका स्थानबाट आउने गरेको अध्यक्ष राईनले बताउनुभयो ।

नेपालमा उत्पादन हुने आलु प्याजले वर्षको दुई महिना पनि यहाँका उपभोक्तालाई नपुग्ने दाबी गर्दै अध्यक्ष राईनले भन्नुभयो– “यहाँ कृषिमा राम्रो आम्दनी छ, तर पनि कृषिप्रति न यहाँका किसान सचेत छन्, न राज्य नै ।”

यहाँको माटो आलु प्याजको लागि उपयुक्त भए पनि सिँचाइ अभाव तथा सिँचाइको लागि सरकारी उदासिनताको कारण खेतीप्रति किसानको आकर्षण घटेको उहाँको भनाइ छ ।

कृषिमा ऋणको व्यवस्था गरिए पनि यहाँका वाणिज्य बैंकहरुले कृषिमा लगानी गर्न नसकिरहेकोले यस्तो अवस्था सिर्जना भएको उहाँको तर्क छ ।


यहाँका अधिकाँश युवा जनशतिm वैदेशिक रोजगारीमा गएकाले कृषि क्षेत्र प्रभावित भएको हो, कृषि प्राविधिक अरुण महतोले भन्नुभयो– “खेतमा काम गर्ने मजदुर छैनन्, किसान चाहेर पनि इच्छा अनुसारको खेती गर्न सकिराखेका छैनन्, यस्तो अवस्थामा यहाँको उत्पादनले उपभोक्ताको मागलाई सम्बोधन गर्न सक्दैन ।”

भरपर्दो र परिश्रमी किसानको अभावमा यहाँका व्यापारी कृषि क्षेत्रमा लगानी गर्न सकेको छैन्, स्थानीय व्यापारी जिवछ साहले भन्नुभयो– “आलु, प्याजको खेती गर्ने किसानले कहिले पनि आफूहरुको सम्र्पकमा व्यावसायिक ढङ्गले खेती गर्ने हिसाबले आएको छैन् ।”

मुलुकको अन्य सहरहरुमा तरकारीका लागि छुट्टै व्यवस्थित बजार निर्माण गरिएकोे भए पनि जनकपुरमा भने अझै यस्तो देएिको छैन । व्यवस्थित तरकारी बजारको अभावमा सडक किनारमै यहाँका मुख्य तरकारी बजार लाग्ने गरेका छन् ।

“आलु प्याजको व्यापार आफंैमा चुनौतीपूर्ण रहेको छ, समयमा बिक्री भएन भने आलु प्याज सर्ने समस्या धेरै हुन्छ, त्यस करण पनि यसका लागि छुट्टै व्यवस्थित बजार हुनुपर्नेमा जोड दिदैं सङ्घका अध्यक्ष राईनले यहाँको बजार व्यवस्थापनका लागि सरोकारवाला निकायले पहल गर्नु आवश्यक रहेको बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्