निकै महंगो मूल्य तिरेर किनेको गाडीमा कसैले कोतरिदियो वा ठोकिदियो भने किन्नेको मुटु कटक्क खान्छ ।
लन्डनमा भएको एक घटनामा एक युवकले लाम्बोर्गिनी कार लगभग साढे २ करोड रुपैयाँ तिरेर किने । गाडी किनेको २० मिनेटमै लाम्बोर्गिनीलाई एउटा भ्यानले ठोकिदियो ।
वेस्ट योर्कशायर प्रहरीका रिचर्ड ह्वाइटले बताएअनुसार, दुर्घटनामा लाम्बोर्गिनीका चालक र भ्यान चालकलाई सामान्य चोटपटक लागेको छ ।
शोरूमबाट कार निस्कनेबित्तिकै एम१ वेस्ट योर्कशायरमा बिग्रियो र बाटैमा रोकियो । अनि त्यसलाई एउटा भ्यानले ठोकिदियो । ट्राफिकमा पनि अवरोध पुग्यो ।
प्रहरी घटनास्थलमा पुग्यो र ट्राफिक पनि सम्हाल्यो अनि दुवै घाइतेलाई अस्पताल पुर्यायो । घटनाको अनुसन्धान जारी छ ।