०३ असार २०८३, बुधबार

धान गोड्ने मेसिन वितरण

कात्तिक २०, २०७४
धान गोड्ने मेसिन वितरण

धुलिखेल, १६ वैशाख - जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले मण्डन देउपुर नगरपालिकाका किसानलाई धान गोड्न सहज बनाउन झार काट्ने १० वटा मेसिन (रोटेटरी बिडर) वितरण गरेको छ ।1493463625786_PL_kabrevpalnchhok

कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले मेसिनबाट धान गोड्दा कम लागत लाग्ने र धान फल्नमा समेत टेवा पुग्ने बताउनुभयो । चैतेधान क्षेत्र विकास कार्यक्रमअन्तर्गत किसानलाई धानखेतीमा प्रोत्साहित गर्न ती मेसिन वितरण गरेको हो ।

जिल्लाभरि चैतेधानको खेतीमा वृद्धि र विकासका लागि एक हजार हेक्टर जमिनमा धानखेती गर्न किसानलाई सहयोग गर्न लागिएको जिसीले बताउनुभयो । कार्यक्रम लागू भएको ठाउँमा एकजना किसानले १० रोपनी जग्गामा चैतेधान खेती गर्नुपर्ने छ । रासस

salt training

कमेन्ट गर्नुहोस्