२६ असार २०८३, शुक्रबार

प्रहरीलाई आइजीपी ज्ञवालीको निर्देशन: नागरिकमैत्री व्यवहार गर्नू

भवन उद्घाटन
प्रहरीलाई आइजीपी ज्ञवालीको निर्देशन: नागरिकमैत्री व्यवहार गर्नू
तस्वीरः देवराज सुवेदी/रासस

प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले शनिबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको नवनिर्मित आवास तथा भान्छा घरको उद्घाटन गरेका छन्। 

सो अवसरमा उनले नेपाल प्रहरीले जस्तोसुकै विषम परिस्थितिमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको बताउँदै नागरिकले पनि प्रहरीलाई सघाउनुपर्नेमा जोड दिए। उनले नागरिकमैत्री व्यवहार प्रदर्शन गर्न मातहतका प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिए। 

भूकम्परहित प्रविधिबाट निर्माण भएको एक सयजना बस्न सक्ने क्षमता भएको तीनतले पक्की भवन बेलायतको डिएफआइडीको आर्थिक सहयोगमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्