२५ जेठ २०८३, सोमबार

भाइबरले तोड्यो फेसबूकसँगको व्यवसायिक सम्बन्ध

भाइबरले तोड्यो फेसबूकसँगको व्यवसायिक सम्बन्ध

सुरक्षित एवं निःशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्ग एपहरू मध्ये एक– राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरू तोड्ने घोषणा गरेको छ । 

यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरू रोक्ने निर्णय पनि लिएको छ । यो भाइबरले जनाएको बढ्दो अनलाइन अभियान #StopHateForProfit तर्फको साथ र एक ठूलो टेक्नोलोजिकल कम्पनिको वहिष्कार हो ।

पछिल्ला केही हप्ताहरूमा अमेरिका भरी फैलिएको प्रतिकार प्रदर्शनीहरूको बीचमा एन्टि–डिफामेसन लीग एण्ड एनएएसिपि लगायत अरु ६ वटा संगठनहरूले फेसबुकमा हुने द्वेषपूर्ण वक्तव्य–बाजीबाट प्रयोगकर्ताहरूलाई संरक्षण प्रदान गर्नमा सो कम्पनी असक्षम रहेकोले जुलाई महिनाभरीको लागि त्यस सामाजिक सञ्जालमा विज्ञापन खर्च स्थगनका लागि फेसबुक विज्ञापनदाताहरूलाई आव्हान गरेका छन् । 

डाटाको गलत प्रयोगका अनगिन्ती घटनाहरू र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटिका काण्ड, जस्मा राजनैतिक परामर्शदातृ फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताहरूको डाटा अनुपयुक्त तवरले उपयोग गरेको घटनाका कारण फेसबुकको द्वेषपूर्ण वक्तव्यबाजीले अन्तिम रुप लिएको भनि भाइबरले देख्दछ । यसै कारण भाइबरले #StopHateForProfit अभियानलाई अझ अगाडि लैजान फेसबुकसँगका सबै किसिमको व्यवसायिक सम्बन्धहरू तोडेको हो ।

भाइबरको सिइओ जमेल अगाउवाले भनेका छन्,'फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीको डाटाको गलत व्यवस्थापन र यसका एपहरूमा गोपनीयताको अभावदेखि लिएर हिंस्रक र खतरनाक बयान–बाजीबाट जनताहरूलाई संरक्षण गर्न आवश्यक कदमहरू नलिने अडानलाई हेर्दा फेसबुक धेरै टाढा गैसकेको छ ।  हामी सत्यको मध्यस्थहरू होइनौं तर असलमा नै केही मानिसहरू हिंसात्मक सामग्रीहरूको प्रसारबाट प्रताडित भैरहेका छन् र कम्पनीहरूले निश्चय नै स्पष्ट अडान लिनु जरुरी छ ।'

भाइबर एपबाट फेसबुक टचप्वाइन्टहरू हटाउने प्रक्रियाले २०२० को जुलाईको आरम्भसम्ममा पूर्णता पाइसक्ने अपेक्षा गरिएको छ । फेसबुकमा विज्ञापनको लागि गरिने खर्चमाथिको प्रतिबन्ध भने तत्कालै लागू गरिनेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्