२९ असार २०८३, सोमबार

रामदेवको यूटर्न : कोरोनाको औषधि नबनाएको दाबी

असार १६, २०७७
रामदेवको यूटर्न : कोरोनाको औषधि नबनाएको दाबी

कोरोनिल औषधिका विषयमा पतञ्जलि आयुर्वेदले यूटर्न लिएको छ । 

उत्तराखण्ड आयुष विभागले पठाएको नोटिसको जवाफमा पतञ्जलिले कोरोनाको औषधि नै नबनाएको दाबी गरेको छ । तर केही दिनअघि बाबा रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा कोरोनिल नामक औषधिको शुभारम्भ समारोह आयोजित गरिएको थियो । 

मन्त्रालयबाट नोटिस आएपछि कोरोनाको दाबीबाट रामदेव पल्टिएका हुन् । आफूले कोरोनाको औषधि नबनाएको तर आफ्नो औषधिबाट कोरोनाका रोगी ठीक भएको उनले बताएका छन् । 

आचार्य बालकृष्णले भने, ‘हामीले कोरोनाको औषधि बनाएको दाबी गरेकै छैनौं । सरकारको निर्देशिकाबमोजिम बनाइएको औषधिले कोरोनाका रोगी ठीक भएका छन् । आयुष विभागले पठाएको नोटिसको जवाफ हामीले दिएका छौं ।’

एक हप्ताअघि पतञ्जलि आयुर्वेदले राजस्थानको निम्स विश्वविद्यालयसँग मिलेर कोरोनाको औषधि बनाएको दाबी गरेको थियो । औषधिको नाम कोरोनिल र श्वासारी वटी राखिएको थियो । रामदेव, बालकृष्ण र निम्स

विश्वविद्यालयको उपस्थितिमा हरिद्वारमा कोरोनिल शुभारम्भ गरिएको थियो । 

कोरोना रोगीमा औषधिको क्लिनिकल ट्रायल गरिएको दाबी समेत पतञ्जलिले गरेको थियो । 

त्यसपछि आयुष विभागले कारण देखाऊ नोटिस जारी गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्