०२ साउन २०८३, शनिबार

चीनले बनायो हाइपरसोनिक मिसाइल, अमेरिका जोखिममा

असार १६, २०७७
चीनले बनायो हाइपरसोनिक मिसाइल, अमेरिका जोखिममा

चिनियाँ वैज्ञानिकहरूले लामो दूरीको सम्भवतः अन्तर्महादेशीय हाइपरसोनिक (ध्वनिको गतिभन्दा तीव्र) हतियार बनाउनमा सफलता हासिल गरेको दाबी गरेका छन् । 

अहिले बेइजिङले बनाएको स्क्य्रामजेटको परीक्षण गर्दा त्यो लगातार ६०० सेकेन्डसम्म निरन्तर उड्न सकेको थियो । 

ग्लोबल टाइम्स पत्रिकामा प्रकाशित एक खबरअनुसार, स्क्य्रामजेट भएको हतियारसँग चीनमा विद्यमान डीएफ–१७ हाइपरसोनिक हतियारभन्दा पाँच गुणा बढीको दायरा छ । त्यसो हो भने यसलाई अन्तर्महादेशीय हाइपरसोनिक क्षेप्यास्त्र बनाउन मिल्छ । 

‘डीएफ–१७ छोटोदेखि मध्यम दूरीको क्षेप्यास्त्र हो र यसमा स्क्य्रामजेट जडान गर्दा यसको दायरा पाँच गुणा बढ्छ र यो अन्तर्महादेशीय बन्छ,’ ग्लोबल टाइम्समा लेखिएको छ । 

इन्स्टिच्युट अफ मेकानिक्स, चाइनिज एकेडमी अफ सायन्सेजलाई उद्धृत गर्दै समाचारमा नयाँ हतियारले अमेरिकाको विश्व कीर्तिमानलाई २१० सेकेन्डले तोडेको लेखेको छ । 

चीनको यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन तर यसले अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षामा नयाँ जोखिम ल्याएको छ । अमेरिकाले अहिले हाइपरसोनिक आक्रमणको प्रतिकार गर्न वा त्यसलाई नष्ट गर्न नयाँ प्रविधि बनाइरहेको छ । 

चीनको नयाँ हाइपरसोनिक क्षेप्यास्त्रको दायरा फराकिलो हुनुका साथै मारक क्षमता पनि उच्च रहेको ग्लोबल टाइम्स लेख्छ ।

चीनले सन् २०१९ मा डीएफ–१७ बूस्ट–ग्लाइड क्षेप्यास्त्र औपचारिक रूपमा अनावरण गरेको थियो । अहिले चीनले सिनकोङ–२ नामक वेवराइडर हाइपरसोनिक फ्लाइट भेहिकल पनि बनाइरहेको ग्लोबल टाइम्समा लेखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्