१६ असार २०८३, मंगलबार

कर्णालीमा कूल १ हजार ४४३ कोरोना संक्रमितमध्ये हालसम्म १ हजार ७२ जना 'डिस्चार्ज'

असार १६, २०७७
कर्णालीमा कूल १ हजार ४४३ कोरोना संक्रमितमध्ये हालसम्म १ हजार ७२ जना 'डिस्चार्ज'

कर्णाली प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमित घट्दै गएका छन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा मंगलवार ३६५ संक्रमित आइसोलेसनमा रहेका छन् ।

शाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार मंगलवार कर्णालीमा १६ जनामा कोरोना पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या १ हजार ४४३ जना पुगेको छ । जसमध्ये अधिकांश संक्रमित आइसोलेसन र अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

मंगलवार कोरोना पुष्टि हुनेहरूमा रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना, बाँकेका १ जना, डोल्पाका २ र कालिकोटका २ जना रहेका छन् । 

महावु आइसोलेसन सेन्टर दैलेखबाट ५६ जना, प्रदेश अस्पताल कालागाउँ सुर्खेतबाट ९ जना, भैरवी आइसोलेसन सेन्टर दैलेखबाट ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ७१ जना मंगलवार डिस्चार्ज भएका छन् । 

यससँगै कर्णालीमा डिस्चार्ज हुने संक्रमितको संख्या १ हजार ७२ जना पुगेको छ भने कोरोना संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या ६ जना रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्