०३ असार २०८३, बुधबार

हर्कपुरमा हरिहर संन्यास आश्रमको रोचक 'रोपाइँ महोत्सव'– मन्त्रोच्चारणसहित रोपियो धान

हर्कपुरमा हरिहर संन्यास आश्रमको रोचक 'रोपाइँ महोत्सव'– मन्त्रोच्चारणसहित रोपियो धान

धान दिवसका दिन असार १५ गते नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर १२ हर्कपुरमा फरक दृष्य देखियो ।

श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितिमा हर्कपुरमा संस्कृतका मन्त्रोच्चारणसहित धान रोपिँदै थियो ।

हरिहर संन्यास आश्रम देवघाटको स्वामित्वमा रहेको ४ बिघा जग्गामा विशेष कार्यक्रम गरी धान रोपिएको हो ।

हर्कपुरमा हरिहर संन्यास आश्रमको स्वामित्वमा रहेको कुल ६ बिघा जग्गामध्ये २ बिघामा तरकारी खेती रहेकाले बाँकीमा धान रोपिएको छ ।

हरिहर संन्यास आश्रमले हर्कपुरमा बर्सेनि यसैगरी धान रोपाइँ गर्दै आएको छ । त्यहाँबाट उत्पादित उपज आश्रमका लागि प्रयोग हुने गरेको छ ।

रोपाइँमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीका अलावा हरिहर संन्यास आश्रमका गुरूहरू, विद्यार्थी, शुभचिन्तक तथा स्थानीय गरी करीब २ सय जना सहभागी थिए ।

उक्त कार्यक्रममा स्वतस्फूर्तरूपमा बर्सेनि ठूलो उपस्थिति हुने गरेको छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्