२२ असार २०८३, सोमबार

एक घण्टा बसेर स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

एक घण्टा बसेर स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको पाँचौ दिनको बैठक एक घण्टा बसेर सकिएको छ ।

बिहान साढे ११ बजे शुरू भएको बैठक मध्याह्न साढे १२ बजे सकिएको हो । बुधवारको बैठकका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली शुरूदेखि उपस्थित थिए ।

आजको बैठकमा ५ जना नेताले आफ्नो धारणा राखेका छन् । बैठकमा योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, नन्दकुमार प्रसाइँ र पेशल खतिवडाले बोलेका थिए ।

प्रसाइँ जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षका रूपमा आमन्त्रित सदस्य हुन् ।

यसअघि मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतले ओलीको राजीनामा माग गरेका थिए ।

आजको बैठकमा ओली समूहका नेताहरूले ओलीका बचाउमा आफ्ना कुरा राख्ने तयारी गरेका थिए । 

नेकपा बैठक असार १० गतेदेखि बस्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्