
कैलालीको लम्कीचुहा नगरपालिका ६ चोरीपुर खोलामा जुवातास खेलिरहेका सात जना पक्राउ परेका छन्।
प्रहरीले ७ जनालाई २ लाख ५९ हजार ७ सय रुपैयाँ, तासको गड्डी ३ थान, कम्मल २ थान र मोबाइल ८ थानसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिकाका दिपक भण्डारी, प्रकाश शाही, प्रजिन राई, कृष्ण विष्ट, नवल बुढा, नरबहादुर शाही र टीकापुरका प्रकाश खड्का छन्।
जुवातास खेलिरहेको सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।