२९ जेठ २०८३, शुक्रबार

हवाई मार्गबाट बुधबार एक हजार ३४२ जना स्वदेश फर्के

असार १८, २०७७
हवाई मार्गबाट बुधबार एक हजार ३४२ जना स्वदेश फर्के

विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट बुधबार एक हजार ३४२ जना नेपाली नागरिक नेपाल फर्केका छन् ।
 

त्रिभुवन विमानस्थलका अनुसार बुधबार कतारबाट २९७ जना मलेसियाबाट १३ जना, कुवेतबाट ३१९ जना, दुबईबाट ३०४ जना र विभिन्न मुलुकका मुख्य सहरअन्तर्गत रियादबाट २५७ जना, अबुधावीबाट १५२ जना नेपाली नागरिक स्वदेश फर्कनुभएको हो । त्यस्तै कतारबाट एक र रियादबाट ११ वटा नेपाली नागरिकको शव पनि ल्याइएकाे त्रिभुवन विमानस्थलले जनाएको छ ।
 

नेपालबाट ४० जना विदेश गएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार नेपाल फर्कनुभएको नेपाल नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ ।
 

लकडाउनको समय भएपनि अत्यावश्यक स्थानीय उडान स्वदेशभित्र बुधबार आठ वटा उडान भएको विमानस्थलले जनाएको छ ।गोरखापत्र दैनिकमा चाँदनी हमालले समाचार लेखेकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्