२९ जेठ २०८३, शुक्रबार

हिजो दिनभर : लकडाउन सय दिन नाघ्यो, कोरोना संक्रमितको कूल संख्या १४ हजार नाघ्यो, एकैदिन १ हजारभन्दा बढी डिस्चार्ज

हिजो दिनभर : लकडाउन सय दिन नाघ्यो, कोरोना संक्रमितको कूल संख्या १४ हजार नाघ्यो, एकैदिन १ हजारभन्दा बढी डिस्चार्ज

लकडाउनका सय दिन, काेराेना संक्रमितकाे संख्या १४ हजार नाघ्यो
नेपालमा काेराेना भाइरस संक्रमण राेकथामका लागि जारी गरिएकाे लकडाउन एक सय दिन पुगेकाे छ। सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेकाेमा पछिल्लाे पटक बढाएर साउन ७ गतेसम्म लम्बयाएकाे छ।

तर कोरोना संक्रमितकाे संख्या झनझन बढिरहेका छन्। बुधबारसम्म संक्रमितको संख्या १४ हजार ४६  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये  ४ हजार ६५६ जना डिस्चार्ज भएको जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

डिस्चार्ज हुनेको संख्यामा एकैदिन १ हजार ४६२ थपियो, ४ हजार ६५६ जना घर फिर्ता
नेपालमा अस्तालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या एकैदिन १ हजार ४ सय ६२ थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी हालसम्म ४ हजार ६५६ जना डिस्चार्ज भएको जानकारी गराएको हो ।

डिस्चार्ज भएकामध्ये एक हजार जनाको विवरण आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितको कुल संख्या भने १४ हजार ०४६ पुगेको छ । बुधवार थप ४ सय ८२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

मृतकको संख्या भने ३० पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने नेविसंघको चेतावनी
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो।

नेपाल आयल निगमले मंगलबार मात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएको थियो।

बुधबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गरी मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन्।

‘कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखीरहेको घाउमा मलहम लगाउनुको सट्टा नूनचुक छर्कने काम भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

कोरोना महामारीको समयमा आकाशिएको मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुको साटो मूल्यवृद्धिको नाममा रकम असुल्ने काम भएको भन्दै नेविसंघले घोर भत्र्सना गरेको जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्