×

NMB BANK
NIC ASIA

भागबण्डाको झगडा

नेकपाका अंशियारबीच लाभांशको लफडा : कार्यकर्ता र जनताको भविष्य कता ?

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

माथि बस्नेहरूले भन्ने गर्छन्
यो महानताको बाटो हो ।
जो मुनि दबिएका छन्
उनीहरूले भन्ने गर्छन् यो चिहानको बाटो हो

– बर्तोल्त ब्रेख्त

Muktinath Bank

संसारलाई पीडामा धकेलेर आफूले असिम आनन्द लिनेहरूका लागि सबै कालखण्डमा महानताको बाटो हुन्छ । जसले दमन सहनुपर्छ, उनीहरूका लागि मुठ्ठीभर शासकको महान् व्यवस्था चिहानको बाटो हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महान् बाटो र चिहानको बाटो एक प्रकारले वर्ग दृष्टि र जीवन भोगाइको सापेक्षतामा परिभाषित हुन्छ । तपाईंले स्वर्ग, आनन्द, सम्पन्नता, वैभव, प्रचुरता र मानव जातिको सफलताको उत्कर्षतर्फको व्याख्याका लागि इभोल्नोआ हरारीको भोलिको संक्षिप्त इतिहासमा जे पाउनुहुन्छ, त्यसले पक्कै तपाईंको मथिङ्गल हल्लाइदिएको हुनुपर्छ । 


Advertisment
Nabil box
Kumari

त्यहाँ तपाईंले सामान्य मानिसले म्याग्डोनाल्डको लन्च र डिनरदेखि, बुद्धिमान मानिसले जैविक प्रविधि र सुचना प्रविधिमा हासिल गरेको चमत्कारका कथाहरू पाउनुहुन्छ । यसले तपाईंलाई पक्कै पनि हामी महान् बाटोको यात्रामा छौं भन्ने निष्कर्षमा पुर्‍याउँछ ।

Vianet communication
Laxmi Bank

जब तपाईं जो गुड्विन पार्करको गरीबी के हो भन्ने एउटा निबन्धतर्फ घोत्लिनुहुन्छ । तपाईंले त्यहाँ अभावको कहालीलाग्दो चित्कार पाउनुहुन्छ । अपमान, असमानता र आहतको विक्षिप्ततामा तड्पिएको एउटा रुग्ण तस्वीर तपाईंको मस्तिष्कमा गहिरोसँग बस्न खोज्छ । त्यसपछि तपाईं पक्कै पनि हामी स्वामित्वको सिक्रीले बाँधिएका स्वार्थी मानिसहरू हौं र अमानवीयताको यस दरिद्र विचारले हामी जतिसुकै अग्लो सम्पन्नताको धरहराबाट जतिसुकै बेला पनि खसेर चिहानको बाटोतर्फ जाने खतरा विद्यमान छ भन्ने किष्कर्षमा पुग्नुुहुन्छ ।

त्यसकारण महान् बाटो र चिहानको बाटोबारे हरेक मानिस आफू उभिएको धरातलबाट व्याख्या गर्छ । उदय र पतनको वास्तवमा त्यस्तो कुनै ब्लू प्रिन्ट छैन, त्यो बहुसंख्यक मानिसहरूको भावनात्मक प्रतिक्रियाद्वारा लगाइने एउटा अनुमान हो । जहाँ लोकप्रियता र अलोकप्रियताको धमिलो ग्राफ मानिसको दिमागमा बन्दै गएको हुन्छ । जहाँसम्म कुनै शासन व्यवस्था र पात्र–प्रवृत्तिको वीरता र अमरताका सनसनीपूर्ण लिखित र जीवित कथा र इतिहासहरू छन्, ती रुलिङ क्लासका आदेश र निर्देशनद्वारा प्रेरित छन् । मुठ्ठीभर मानिसहरूको गाथा नै संसारका मानव जातिको इतिहास हो । जहाँ गरीबी, अभाव, भोकमरी, महामारी तथा युद्धहरूका कारुणीक दृश्यहरूको व्याख्या हुन्छ, सोही समयमा सम्राटहरूका अजय कथाहरूको व्याख्या पनि सँगै हुन्छ । यसको मतलब एकथरि मानिसहरू हरेक युगमा त्यस युगको सापेक्षतामा स्वर्गीय आनन्दमै हुन्छन् र उनीहरू महानताकै बाटोमा दुनियाँ हिँडेको कथा लेखिरहन्छन् ।

आउनुहोस्, हामी निरंकुशता र स्वतन्त्रता अनि वंशजका आधारमा अविच्छिन्न उत्तराधिकारी र योग्यताका आधारमा समाजको नेतृत्वका लागि आधुनिक युगसँगै शुरू भएको शक्तिको प्रतिद्वन्दिताका केही दृष्टान्तहरूतर्फ लागौं ।

इंग्ल्यान्डका सामन्तहरूले राजाको निरंकुश शक्तिमाथि नियन्त्रण कायम गर्न एउटा घोषणापत्र तयार गरे । जसलाई मानव जातिको स्वतन्त्रताको महान् घोषणापत्र वा म्याग्नाकार्टाका रुपमा विश्व विख्यात बनाइयो । सम्राट ट्युडरको निरंकुश शासनकालमा म्याग्नाकार्टा फिक्का हुँदै गइसकेको थियो । जसको असर स्टुअर्ट शासकहरूको कालमा संसद र राजाबीच संघर्षका रुपमा देखापर्‍यो । खासगरी जेम्स प्रथम र चाल्र्स प्रथमले जब निरंकुश र दमनकारी नीतिको अनुशरण गरे, त्यसपछि विश्व विख्यात म्याग्नाकार्टा अलपत्र पर्‍यो । म्याग्नाकार्टा अलपत्र पर्दा राजा र संसदबीचको संघर्ष थप चर्किंदै गयो, जसको नतिजा राजाले बोलाएका ३ वटै संसद सत्रमा राजाका मनपरी कानूनहरू पास हुन सकेन । तेस्रो सत्रमा राजा आफ्नो शक्ति र स्वेच्छाचारितामाथि नियन्त्रणको प्रस्ताव स्वीकार गर्न बाध्य भए । जुन भित्रैबाट स्वीकार गरिएको थिएन ।

लगत्तै चाल्र्स प्रथमले आफ्नो व्यक्तिगत अधिकार असीमित बनाउन संसद विघटन गरिदिए र प्रतिक्रियास्वरुप संसद समर्थकहरूले सशस्त्र संघर्ष गरे । झण्डै ७ वर्ष लामो सशस्त्र संघर्षपछि चाल्र्स प्रथमलाई फाँसीमा झुण्ड्याइयो । कमनवेल्थले शासन गर्‍यो तर क्रमबेलको शासन पद्धति पनि जनहितमा आधारित रहेन । उनी पनि जनताबाटै मारिनुपर्‍यो । यस्ता थुप्रै उतारचढाव पार गर्दै इंग्ल्याण्डको गौरवपूर्ण क्रान्ति अगाडि बढ्यो तर आजसम्म पनि सुधारको त्यस प्रक्रियाले विश्वका आम मानिसलाई शासन सत्ताको समान हिस्सेदार बनाउन सकेको छैन ।

त्यसको चुरो खोज्न तपाईं इंग्ल्याण्डको इतिहासको गर्भमा जानुभयो भने वास्तविकता थाह पाउन कठिन हुने छैन । किनकि म्याग्नाकार्टा सामन्तहरूले राजाको अधिकार कटौतीका लागि ल्याएको त्यस्तो प्रस्ताव थियो, जसमा अधिकारको बाँडफाँट थियो । त्यो पावर सेयरिङ राजा–महाराजा र सम्भ्रान्तहरूबीचको सहअस्तित्व, मर्यादा र अधिकारका साथै सामाजिक प्रतिष्ठाको समेत विषय थियो । राजा र सामन्तहरूबीचको शक्ति बाँडफाँटको त्यस विषयमा सर्वसाधारणलाई धेरै चासो थिएन । युरोपका भू–दास र भर्खरै दैनिक ज्यालादारीको सोचमा पुगेका मजदुरको म्याग्नाकार्टामा कुनै स्वामित्व र सरोकार थिएन तर राजाभन्दा सामन्तहरूका एजेण्डाहरू केही जनमुखी थिए । त्यसकारण आम मत राजाभन्दा सामन्तको पक्षमा झुकाववाला थियो तर जब पुँजीवादीहरूले सामन्तविरुद्ध त्यस्तै सुधारका एजेण्डाहरू ल्याएर अधिकार आफ्नो हातमा लिए, त्यसपछि सामन्तहरू झस्किए । सायद उनीहरूले सोचे होलान् कि राजाविरुद्ध हामीले अगाडि बढाएको म्याग्नाकार्टाकै नयाँ कपि पुँजीवादीहरूले हामीमाथि तेर्साए । सारतः म्याग्नाकार्टा सुधारको एजेण्डा हो, त्यो शासकमाथि प्रहार गर्ने ल्याकत राख्ने र शासन सञ्चालनको व्यग्र प्रतिक्षामा रहेको अर्को वर्गले प्रस्तुत गरेको प्रस्ताव हो  ।

नेकपामा अहिले चलिरहेको बहस पनि त्यस्तै कुनै म्याग्नाकार्टाकै बहस हो । यसमा कम्युनिस्ट घोषणापत्र कम आकर्षित छ । हामीलाई पारिएको छ, पार्टी विधि र पद्धतिमा चल्दा हामी महान् कम्युनिस्ट घोषणापत्र अनुरुप नै समाजवादको बाटो हुँदै साम्यवादसम्म पुग्ने छौं । त्यो विधि र पद्धति के हो र कसका लागि हो ? जवाफ सपाट छ – त्यो भनेको राज्यसत्ता र पार्टी सत्ताको पावर सेयरिङ हो र त्यो आफूलाई यस पार्टीको उच्च मूल्यको शेयरको निर्णायक अंशियार ठान्नेहरूबीच समान लाभांश प्राप्तिको विवाद हो । सुदूर भविष्यको सुन्दर र सुखद त्यस रोमाञ्चकारी साम्यवादको जहाजमा चढ्ने २०० वर्षदेखिको अधुरो सपना त पूरा होला नहोला तर एउटा न्यूनतम समतामूलक समाजको चित्र प्रस्तुत गर्ने संकल्पका साथ लामो यात्राको दौडमा निस्केका हामी कम्युनिस्ट कार्यकर्ताहरू यतिबेला निराश छौं । हामीलाई अग्निपरीक्षामा होमिन आदेश दिनेहरू नाङ्गो आँखाले नजिकैको ज्वालामुखी हेर्न मात्रै पनि तयार छन् ? हामीलाई विना अक्सिजन आदर्शको सागरमा डुब्न आदेश गर्नेहरू कम्तीमा आदर्शको ३ फिट मात्रै गहिरो तलाउमा डुब्न तयार छन् ? यदि हामी भौतिकवादी हौं, यदि हामी द्वन्द्ववादी हौं र यदि हामी विवेक र चेतनाको अग्रपंक्तिबाट मानव जातिको भविष्यबारे विचार विमर्शमा छौं भने रवाफिलो दिनचर्यामा बाँच्न लाभहानीको हिसाब–किताबसहित किन कसैको व्यक्तिगत प्रतिरक्षाका लागि प्रवक्ता बन्दैछौं ?

निःसन्देह हामीलाई पदको लालसा छ, प्रतिष्ठाको भोक छ, धन सञ्चयको लोभ छ र शक्ति आर्जनको तिर्खा छ । त्यसकारण जसले हामीलाई यी वस्तुहरूका लागि वचन दिनसक्छ, हामी त्यसको आजीवन प्रतिरक्षा गर्न तयारी मानसिकताका साथ बसेका छौं । यो कम्युनिस्ट तरिका हो वा होइन ? त्यसको मूल्यांकन गर्ने मान्छे पाउन समेत सजिलो छैन । सञ्चारमाध्यममा कमरेडहरूका वक्तव्यहरू आउँछन्, फलानोलाई हटाउन खोजिए पार्टी विभाजन हुन्छ । फलानाको व्यवस्थापन नभए सरकार ढल्छ । फलानोले फलानोलाई उपयोग गरे । हामी स्तब्ध बन्नुपरेको छ । के यी सबै भनाइहरू हाम्रै समाजवादी कमरेडहरूकै हुन् ? स–प्रमाण सञ्चारमाध्यमले यी भनाइहरू निःसन्देह तपाईंहरूकै सम्बन्धित कमरेडहरूकै हुन् भन्ने कुरा सावित गर्छन् । त्यसपछि हामी कम्युनिस्ट घोषणापत्र, समाजवाद मालेमावादी सिद्धान्त र कमरेडहरूका व्यवहारबारे सन्देह गर्नुपर्ने अवस्थामा आइपुग्छौं । सत्तारुढ पार्टीभित्रै यो एकप्रकारको अत्याचार हो ।

मन्त्रिमण्डलमा बराबरीको हिस्सेदारी, मुख्यमन्त्रीहरू सोही अनुपातमा, संवैधानिक निकायमा सबै गुट मुखियाको समुचित भागबण्डा र विभिन्न नियुक्तिमा सोही बमोजिमको परिपाटी । के तपाईंहरू स्पष्ट रुपमा भन्न सक्नुुहुन्छ ? त्यस्ता नियुक्तिमा त्याग र बलिदानबाट आएका कार्यकर्ता एवं तिनका परिवारहरू हुन्छन्, जसले शक्तिको आडमा समाजमा कानूनलाई हातमा लिने कुनै हर्कत र कसरत गर्ने छैनन् । के तपाईंहरू स्पष्ट रुपमा भन्न सक्नुहुन्छ ? विना कुनै मोलतोल, आश्वासन र विना कुनै लाभको वचन योग्य व्यक्तिहरू निर्णायक भूमिकामा रहनेछन् । के तपाईंहरू घोषणा गर्न सक्नुहुन्छ ? त्यस्ता राजकीय लाभका पदमा हाम्रा मामा, भान्जा, सम्धि, सम्धिनी, छोरी, बुहारी, भाइ–छोरा र काका–साना बाहरू लगायत नजिकका नातेदारहरू कहिल्यै पारिने छैनन् भनेर । के तपाईंहरू भन्न सक्नुहुन्छ ? हामीले कानूनमा छेडखानी गर्ने र नीतिहरूका छिद्रबाट छिर्न खोज्ने कुनै मानिसलाई हामीले कहिल्यै संरक्षण गरेका छैनौं ।

निश्चित रुपमा सक्नुहुन्न । समाज यही हो, सबैलाई सबैको नालीबेली थाह छ । भनाइको तात्पर्य कम्युनिस्ट ब्रान्डको घोडा चढेर आफ्ना अहंकारको प्रदर्शन गर्न एवं व्यक्तिवादको बिज छर्न तपाईंहरू अब गुटको सहारा नलिनुस् । विषयको उठान वैचारिक–राजनीतिक ढंगले गर्नुस् । आवश्यकता परे अमृत निकाल्न सकारात्मक मन्थन गर्नुस् तर गुटका नाममा व्यक्तिगत स्वार्थपूर्तिको भर्‍याङ बनाएर कार्यकर्तालाई खल्तीको वस्तु नबनाउनुस्, यही विनम्र निवेदन छ ।

कम्युनिस्ट घोषणापत्र श्रमजीवीको संघर्षद्वारा समानताको मार्ग पहिल्याउने एउटा महान् ऐतिहासिक दस्तावेज हो, न कि म्याग्नाकार्टा जस्तो सत्ताका महत्त्वाकांक्षीबीच अधिकार बाँडफाँटको संघर्षमा सीमित चार्टर । त्यसैले कुरा तपाईंहरूको भागबण्डाको मात्र होइन, यहाँ लाखौं कार्यकर्ता छन्, उनीहरूको भविष्यबारे एजेण्डा प्रस्तुत गर्नुस् र यहाँ करोडौं जनता छन्, उनीहरूको भविष्यबारे एउटा खाका तय गर्नुस् । 

हामी चाहन्छौं अब विषय बदल्नुस्, अन्योलपूर्ण राजनीतिक कार्यक्रममाथि प्रहार गर्नुस् । राजकीय सत्ता र संयन्त्रका कार्यशैलीमाथि प्रहार गर्नुस् । तपाईंहरूले पठाएका नेताको दृष्टिकोण र कार्यशैलीमा एकरुपता भए/नभएको बहस गर्नुस् । त्यहीबाट आलोचना गर्दै एउटा विधि तय गर्नुस् र सरकारमा जानेले पार्टीको मर्म अनुसार यसअघिका जुनीहरूमा काम गरेका थिए वा थिएनन्, अहिले सरकारमा गएकाहरूले काम गर्न सके/सकेनन् समिक्षा गर्नुस् । निष्कर्षपछि सरकारलाई पार्र्टी निर्णयमा बाँध्नुस्, त्यसपछि पनि सरकार स्वेच्छाचारी भएको निचोडमा तपाईंहरू पुग्नुभयो भने अब जानेले के गर्ने भन्ने योजना तय गर्नुस् र पार्टी पंक्तिमा ब्लू प्रिन्ट सार्वजनिक गर्नुस् । अहिले बनाइएका योजना अनुसार सरकारमा जानेहरूले काम नगरेपछि वा गर्न नसकेपछि कस्तो प्रकारको सजाय भोग्ने फिर्ता बोलाउने वा अरु केही गर्ने यी कुराहरू निर्धारण गर्नुस्, यी नै कुराहरूसँग तपाईंहरूको पदीय मर्यादा र सम्मानका अवसरहरू स्वतः आइहाल्छन् यो नै एउटा पारदर्शी तरिका हुनसक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x