२८ जेठ २०८३, बिहीबार

दुईपटक छोटो–छोटो समय बसेर पर्सिसम्मलाई स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

दुईपटक छोटो–छोटो समय बसेर पर्सिसम्मलाई स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बिहीवार छोटो समय बसेर स्थगित भएको छ ।

बिहान साढे ११ बजे एकछिन बसेको बैठकमा केशव बडाल बोलेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठक भनेर बैठक स्थगित गरिएको थियो ।

अपरान्ह ४ बजेको समयमा बसेको बैठक २५ मिनेटमै स्थगित भएको हो । अर्को बैठक पर्सि बिहान ११ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

बैठकअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रचण्ड शीतल निवासबाट फर्केपछि नेकपा बैठक बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्