
कोरोना महामारीका कारण पछिल्लाे तीन महिनामा अफ्रिकी महाद्वीपलाई ट्राभल र टूरिजममा ५५ अर्ब डलर नाेक्सान भएकाे छ।
याे जानकारी अफ्रिकन युनियनका एक कमिश्नरले दिएका हुन्।
अमानी अबू-जेदले एक अनलाइन न्यूज कन्फ्रेन्समा महाद्वीपकाे जीडीपीकाे १० प्रतिशत यही क्षेत्रबाट आउने गरेकामा लाखाैँ मान्छेकाे जिविकाे यसैमा निर्भर छ।
अमानीले कोरोनालाई राेकथाम गर्न उठाइका कदमकाे मारमा एयरलाइन्स रहेकाे बताए।
मार्चमा वर्ल्ड ट्राभल एन्ड टूरिजम काउन्सिलने महामारीका कारण विश्वमा ५ कराेड जागिर खतरामा पर्ने अनुमान गरेकाे थियाे।