
पार्टीभित्र चुलिएको संकट समाधानको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै ३ घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको छलफल सकारात्मक रहेको नेकपा उच्च स्रोतले जानकारी दियो ।
‘दुवै अध्यक्षले खुलेर कुरा राख्नुभयो, ठोस सहमति केही भएन, स्थायी कमिटी बैठकअघि फेरि फेरि बस्ने कुरा भयो,’ नेकपा उच्च स्रोतले भन्यो ।
ओली–प्रचण्ड वार्तामा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक रोकेर आज अध्यक्षद्वयबीच छलफल भएको हो ।
मंगलवारको बैठकमा प्रचण्ड लगायत नेकपाका शीर्ष नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद पेचिलो बन्दै गइरहेको छ ।