
काठमाडौं, १७ वैशाख– सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न स्थानीय तहमा उम्मेदवारहरुको चयन गरेको छ ।
प्रवक्ता सुशीलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा सिन्धुली, रामेछाप, दोलखा, मकवानपु्र, कास्की, म्याग्दी , बाग्लुङ लगायतका जिल्लाका नगरपालिका, गाउपालिकामा मेयर, उपमेयर, प्रमुख र उपप्रमुखलगायतका उम्मेदवार चयन गरेको जनाएको छ ।


